सरकार र त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङघबीच भएको वार्तामा सहमति हुन नसकेपछि आज पनि मुलुकभरका आङगिक क्याम्पस र अनुसन्धान केन्द्रहरु बन्द भएका छन् ।
एक वर्Èदेखि बढेको तलब र पोसाकभत्ता नपाएको भन्दै आन्दोलनरत प्राध्यापकहरुस“ग अर्थ मन्त्रालयमा भएको छलफलमा सरकारले एक वर्Èदेखिको तलवभत्ता दिने रकम नरहेको बताएपछि प्राध्यापक सङघले आन्दोलन फिर्ता नलिने अडान राख्दै आज पनि बन्द जारी राखेको हो ।
एक वर्Èको बढ तलब भत्तावापत ८० करोड लाग्ने भए पनि शिÔा मन्त्रालयस“ग जम्मा ४० करोड मात्र रहेको सरकारले बताएको छ । सङघले आह्वान गरेको दुई दिने बन्दका कारण्ँ उपत्यकामा २२ र उपत्यका बाहिरका ३८ गरी मुलुकभरका ६० आङगिक क्याम्पस र चार अनुसन्धान केन्द्र बन्द भएका छन् ।